विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेकोमा कांग्रेसनिकट विद्यार्थीहरुको विरोध

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेृसको भातृ संगठन नेपाल विद्यार्थी संघले विवादास्पद नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले पास नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ । 

नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि नागरिकता विधेयक प्रमाणिकरण नगरेकोमा राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । 

Advertisement

पुत्ला खोस्न खोज्दा नेविसंघका विद्यार्थी र प्रहरीबीच धकेलाधकेल र हानाहान र  ढुंगा हानाहानसमेत भएको थियो । नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घन्टाघर आसपासका सडकमा यातायातसमेत प्रभावित भएको थियो । 

Advertisement

Advertisement