Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र झनै पछाडी धकेलिएकोमा आश्चर्य प्रकट गरेका छन् । ेपाल युवा उद्यमशिलता शिखर सम्मेलनमा आइतबार उनले अर्थतन्त्र बलियो बनाउन कृषिमा लगानी बढाउनुपर्ने बताए । 

देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउँदै प्रचण्डले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए । उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताए । 

Advertisement

प्रचण्डले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए । उनले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए । प्रचण्डले भने, ‘कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०–६० वर्ष अगाडी हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो किन यस्तो भइराखेको छ ? हाम्रो चिन्ताको विषय भयो ।’ 

उनले थपे, ‘हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडी होइन पछाडी गएको देखिनु ठूलो चुनौती हो । त्यसकारण हामीले हामीसँग भएको जलको सहि सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडिबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ । तर रणनीतिक रुपमा, दिर्घकालिन नेपाल र नेपालीको हीत हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ । म तपाई सबै साथीहरुको यतापट्टी विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । र तपाईहरु यसमा चिन्तन, मनन गर्नुहोस् ।’

प्रचण्डले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए । उनले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवाहरुलाई आग्रह गरे । प्रचण्डले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्ने बताए । उनले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए । 

Advertisement

Advertisement