सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष् बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने सेन्चुरी बैकको विश्वास छ । 

Advertisement

सम्झौतापत्रमा कोषकी नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकका उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरे । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेलगायतकाको उपस्थित रहेको थियो ।

Advertisement

Advertisement