संसदको आयु सक्किन पाँच दिन बाँकी रहेको बेला जबराले नाम लिएकाहरुलाई बोलाउने निर्णय

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई मात्रै बोलाउने निर्णय गरेको छ ।

संसदको आयु सक्किन पाँच दिन मात्रै बाँकी रहेको बेला समितिले बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार क–कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन् । जबराले नेताहरु माधव नेपाल, केपी ओलीदेखि बहालवाला न्यायाधीशहरुको सम्म नाम लिए पनि छानेर मात्रै बोलाउन लागिएको हो । 

Advertisement

प्रधानन्यायाधीश जबराले बयानका क्रममा खुलेर कुनै कुरा नलुकाई न्यायालयभित्र हुने बेथिति र राजनीतिक हस्तक्षेपका गतिविधि सार्वजनिक गरेपछि त्यसमा संलग्नहरु त्रसित अवस्थामा पुगेका छन् । 

Advertisement

Advertisement