‘नेपालमा गरिवी निवारण गर्ने, जनताको मुहार उज्यालो बनाउने हाम्रो पार्टीको चाहना छ’

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् । सोमवार आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताएका हुन् । 

माधव नेपालले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको बताए । उनले पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । कार्यकर्ताहरुलाई त्याग, सर्मपण र समाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह गर्दै नेता नेपालले जनताको मुहार उज्यालो बनाउने आफूहरुको लक्ष्य भएको बताए । 

Advertisement

माधव नेपालले भने, ‘यहाँका कार्यकर्ताहरु त्यागको भावनाले, समर्पणको भावनाले, देश, जनता र समाजलाई रुपान्तरण गर्ने सोचका साथ अघि बढ्न चाहन्छ । हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी चाहन्छौँ समाजमा रहेका जति छन् विकृति, विसंगति सबैलाई अन्त्य गर्न चाहन्छौँ । गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ । जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ । त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ । जिल्ला, प्रदेश, पालिका विशेष विशेषताको आधारमा के गर्दाखेरी धेरैभन्दा धेरै जनताको भलो हुन सक्दछ ? हाम्रा सबै बालबालिका कसरी पढाई, लेखाईमा अगाडी बढ्न सक्दछन् ? सबैको स्वास्थ्यको राम्रो कसरी सुनिश्चितता गर्न सकिन्छ, सीप विकासलाई प्राथमिकता दिन कसरी सकिन्छ ? यिनै कुराहरु हाम्रो ध्यानमा रहेका छन् । हाम्रो ध्यानमा जनता, समाज र देश मात्र छ । देशहीतको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको ।’

Advertisement

Advertisement