नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपतिविरुद्ध सत्ताधारी विद्यार्थी संगठनहरुको विरोध

Advertisement

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकोमा सत्ताधारी विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्या भण्डारीविरुद्ध बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् । 

कालोब्याजरसहित विभिन्न नारा लगाउँदै उनीहरुले राष्ट्रपतिको कदमको विरोध गरेका हुन् । उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । 

Advertisement

राष्ट्रपतिको कदम असंवैधानिक भए पनि राष्ट्र र जनताको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालमा त्यसको निकै समर्थन भइरहेको बेला सत्ताधारी दल, नेता र कार्यकर्ताले भने विरोध गरिरहेका छन् । 

संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक मंगलबार रातिसम्म प्रमाणीकरण गरिसक्नुपर्नेमा राष्ट्रपतिले नगरेपछि राजनीतिक क्षेत्र विभाजित अवस्थामा रहेको छ । 
 

Advertisement

Advertisement