अरु मुलुकमा त द्वन्द्वपछि विकास भएको देखिन्छ, तर हाम्रोमा त हुनै सकेन्ः राज्यमन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचनाअनुरुप अपेक्षित विकास हुन नसकेको स्वीकार गरेका छन् । नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा आइतबार उनले अहिले समयसापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने बताए । 

श्रेष्ठले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको बताउँदै कतिपय नीतिहरु संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरु आएको बताए । 

Advertisement

उनले आउने निर्वाचित सरकारले नीतिहरु परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताए । श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो हुने बताए । 

उनले भने, ‘एउटा काम गर्न र नीति बनाउन कति अप्ठ्यारो छ भने अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्नेकुराको झलक देखिरहेको छ । संविधानको संरचना अनुसारको प्रदेशमा देश लग्यौँ । संसारभर हेर्ने हो भने द्वन्द्वपछि धेरै आर्थिक विकास हुनुपर्ने हो । तर अझै पनि मलाई जहाँसम्म लाग्छ, सरकारले धेरै कुराहरु संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेको छैन् । नीतिहरु संघीय संरचना अनुरुप जुन चेन्ज गर्नुपर्ने हो त्यो हामीले गर्न सकेका छैनौँ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’

मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्नेकुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायायपलट हुने दाबी गरे । 

Advertisement

Advertisement