चितवन–३ चुनौतिपूर्ण देखेपछि प्रचण्ड गोरखा–२ पुगे, स्वदेशी विदेशीले षडयन्त्र गरेः रेनु

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ छोडेर गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वार हुने भएका छन् । पार्टीबाट शुक्रबार निर्णय गराएर उनले गोरखा जाने निर्णय गरेका हुन् । 

चितवनबाट उम्मेदवारी दिन चुनौतिपूर्ण देखिएपछि प्रचण्ड गोरखा गएको अनुमान गरिएको छ । शहरी जनमत सचेत बन्दै गएकाले ठूला दलका ठूला नेताको प्रतिकुल हुँदै गएको छ ।

Advertisement

शहरी क्षेत्रका चुनाव जित्न ठूलो शक्ति र ठूलो लगानी गर्नुभन्दा ग्रामीण जनमतलाई प्रभाव पार्न सहजरुपमा प्रभाव पार्न सकिने भएपछि प्रचण्डले गोरखा–२ रोजेको देखिन्छ । यसअघि नेकपा समाजवादी पार्टीका बाबुराम भट्टराईले पनि चुनाव जित्न पहिला जस्तो सहज नदेखेपछि प्रत्यक्ष चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए । 

प्रचण्ड पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट चुनाव जिते पनि दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा दुवै क्षेत्रबाट हारेका थिए । तर सिराहा–५ बाट उनलाई प्राविधिकरुपमा जिताउने काम भएको थियो । प्रचण्ड २०७४ मा चितवन ३ बाट चुनाव जितेका थिए । अहिले पनि सोही क्षेत्रबाट चुनाव उठ्ने बताउँदै आएका प्रचण्ड अन्तिम समयमा गोरखा जाने निर्णयमा पुगेका हुन् । 

चितवनमा प्रचण्डप्रति नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताको तीब्र असन्तुष्टि छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय उम्मेदवार विक्रम पाण्डे चुनाव उठ्ने तयारीमा छन् । 

प्रचण्ड गोरखा–२ बाट चुनाव उठ्ने भएपछि उनकी छोरी तथा भरतपुर महानगरपालिकाका मेयर रनु दाहालले असन्तुष्टि जनाउँदै देशी विदेशीले षडयन्त्र गरेको बताएकी छन् । 

Advertisement

Advertisement