फोब्समा सुचीकृत नेपालका एकमात्रै विलेनियर विनोद चौधरीले पनि पाए कांग्रेसबाट टिकट

Advertisement

काठमाडौं । फोब्स पत्रिकामा सुचीकृत नेपालका एक मात्रै विलेनियर विनोद चौधरीले पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसबाट टिकट हात पार्न सफल भएका छन् । 

कांग्रेसमा यसअघि समानुपातिक सुचीबाट साँसदसमेत रहेका उनले मंसिर ४ मा हुन लागेको संसदीय चुनावका लागि नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट चुनावको टिकट पाएका हुन् । 

Advertisement

टिकट पाउने भएपछि चौधरीले यसअघिदेखि नै स्थानीयसँग भेटघाट बढाएका थिए । सत्ता गठबन्धनको साझा उम्मेदवार भएकाले चुनाव सहजरुपमा जितिने चौधरीको विश्वास छ । उनी २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद थिए । हाल चौधरी हाल कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । 

Advertisement

Advertisement