एमालेमा विद्रोह गर्नेमा रामवीर मानन्धर पनि, काठमाडौं–७ बाट उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । नेकपा एमालेमा विद्रोह गर्नेमा रामवीर मानन्धर पनि थपिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका उनले यसपटक पनि सोही क्षेत्रमा उम्मेदवारी दिएका हुन् । 

उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग कार्यालयमा आएका मानन्धरले सत्ता गठबन्धनका नेताहरुसँग तस्वीर पनि खिचाए । शनिबारसम्म एमाले अध्यक्ष केपी ओलीबाट टिकट पाउने आशा गरेका उनले आज टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

Advertisement

मानन्धर केही समयदेखि एमाले नेतृत्वसँग रुष्ट थिए । काठमाडौं महानगरपालिकाको मेयरमा समेत उम्मेदवारी दिने इच्छा गरे पनि केशव स्थापितलाई पार्टीले अघि सारेपछि उनले स्थापित विजयी नहुने चुनाव अघि नै घोषणा गरेका थिए । 

अहिलेको संसदीय निर्वाचनमा पनि टिकट नपाएपछि मानन्धरले उम्मेदवारी दिएर सत्ता गठवन्धनसँग नजिकिएका हुन् । 

Advertisement

Advertisement