कीर्तिमानी आरोही माया गुरुङले दिइन सिन्धुपाल्चोक– २ बाट उम्मेदवारी

Advertisement

काठमाडौँ । कीर्तिमानी हिमाल आरोही माया गुरुङले प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् । 

यसअघि स्थानीय निर्वाचनमा पनि उम्मेदवारी दिएकी उनले अहिले सिन्धुपाल्चोक– २ बाट मनोनयन दर्ता गरेकी हुन् । विश्वका सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल गुरुङले सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी छन् । 

Advertisement

उनले भनिन, ‘राजनीतिमा सधैं पूरानै अनुहार, पूरानै सोच र गुटगत तमासाबाट दिक्दार भएका जनताको भावनाको प्रतिनिधित्व गर्न अग्रसरता देखाएका हौं ।’ संसदमा सही मान्छेको प्रतिनिधित्व नहुँदा जनजीविका र विकासका सवालहरु ओझेलमा परेको बताउँदै उनले सोही कुरा सम्बोधन गर्न चुनावको मैदानमा खडा भएको बताइन् ।

गुरुङले भनिन, ‘स्थापित दलहरुबाट इमान्दारितापूर्वक हाम्रो जिल्लाको विकास र समृद्धिका लागि काम हुन्छ भन्ने ठान्थ्यौं । तर, यो तीस वर्षको अवधिमा हामीले देख्यौं । कसरी सिन्धुपाल्चोकको विकासका सपनाहरु ओझेलमा परेका छन् ? सम्भावनाहरु ओइलाएका छन् ?’ 

अब जिल्लाको राजनीति नयाँ चरणमा प्रवेश गर्नुपर्छ भन्ने सोचेका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको उनले बताइन् । गुरुङले आफूहरु सुशासन, दीगो विकास र जनजीविकालाई प्रभावकारी रुपमा उठाएर जिल्लाको र देशको विकासका लागि काम गर्ने बताइन् । 

Advertisement

Advertisement