जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले बर्दिया–२ बाट दिए उम्मेदवारी

Advertisement

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । 

डिल्लीबजार कारागारमा रहेका उनले कारागारभित्रबाटै आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनले यसअघिको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वारी दिएर चुनाव जितेका थिए । 

Advertisement

२०७२ सालमा भएको कैलालीको टीकापुरमा उच्च प्रहरी अधिकृतसहित आठ जनाको ज्यान जानेगरी भएको घटनाका मुख्य दोषीको रुपमा अदालत सजाय सुनाएपछि चौधरी जेलमा सजाय काट्दै आएका छन् । 

उनी र उनको पार्टीको पक्षमा कैलाली, कञ्चनपुर, बर्दियालगायतका जिल्लामा राम्रो जनसमर्थन देखिन्छ । 

Advertisement

Advertisement