चुनावमा सामाजिक सञ्जालमा जथाभावी विज्ञापन गर्न पनि आयोगको कडाई

Advertisement

काठमाडौं । आउँदो संसदीय निर्वाचनमा उम्मेदवारहरुले सामाजिक सञ्जालमा गर्ने विज्ञापनमा पनि निर्वाचन आयोगले कडाई गरेको छ । आयोगले यस्तो विज्ञापनमा हुने खर्च पनि निर्वाचन खर्चमा समावेश गर्नुपर्नेछ । 

निर्वाचनमा उम्मेदवार आफू र उनको नाममा अरुले जथाभावी सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति रहँदै आएको छ । प्रत्यक्षतर्फको उम्मेदवारहरुको मनोनयनपत्र दर्ता भएको भोलिपल्ट आयोगले विज्ञप्ति निकालेर यस्तो विज्ञापनको खर्चमा कडाई गरेको हो ।  

Advertisement

उम्मेदवारी दिनासथै कतिपयले सामाजिक सञ्जालमा विज्ञापन गर्न थालिसकेका छन् । त्यसलाई नियन्त्रण गर्न आयोगले यस्तो विज्ञप्ति निकाल्नु परेको हो । आयोगले सामाजिक सञ्जालमा विज्ञापन गर्दा हुने खर्च निर्वाचन खर्चमा समावेश हुने बताउँदै विज्ञापन गरे नगरेको आफ्नो संयन्त्रले अनुगमन गरिरहेको बताएको छ । 

आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’ साथै, आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुश्प्रचार गर्ने, भ्रमक सूचना दिने जस्ता टिप्पणी नगर्न र नगराउन समेत आग्रह गरेको छ ।

Advertisement

Advertisement