प्रतिस्पर्धीलाई मनोनयन फिर्ता गर्न लगाएर दीपक मनाङ्गे निर्विरोध हुन सफल

Advertisement

काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका नेता दीपक मनाङ्गे मनाङबाट निर्विरोध निर्वाचित हुन सफल भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई मनोनयन फिर्ता गर्न लगाएर आफू निर्विरोध निर्वाचित भएका हुन् । 

मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेलाई अर्का स्वतन्त्र उम्मेदवार दार्जे लामा गुरुङले चुनौति दिएका थिए । कहिले कर्मचारी कुट्ने, कहिले सरकार ढाल्ने र कहिले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने गरेका उनी प्रदेशको मन्त्रीसमेत भएका थिए । 

Advertisement

दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा दिइसकेको जनाइए पनि निर्वाचन आयोगको कार्यालयले भने अझै औपचारिकरुपमा उनलाई निर्वाचित घोषणा गरेको भने छैन् । मनाङ्गेलाई पछिल्लो समयमा नेकपा एमालेले समर्थन पनि दिएको थियो । 

Advertisement

Advertisement