मलाई धन सम्पत्तिको कुनै खाँचो छैन्, विकासका लागि राजनीति गर्न आएको हुँः विनोद चौधरी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे । 

Advertisement

चौधरीले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए । उनले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । 

युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताउँदै चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकांक्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरेको बताए । 

उनले आफूले चार्टड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । चौधरीले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए । 

आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताए । चौधरीले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहेको तर जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको उनले बताए । उनले नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे । 

चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएको बताए । 

Advertisement

Advertisement