एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका छन् ।

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १३ प्रतिशत (करसहित) का दरले तथा पहिलो खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement

फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्सड् फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोस्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको थियो ।

Advertisement

Advertisement