'यसअघि आठसय मतले पराजित भए पनि अबको चुनावमा आठ हजार मतअन्तरले विजयी हुन्छु'

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो संसदीय निर्वाचनमा आठ हजार मतअन्तरले प्रतिनिधिसभा सदस्यमा विजयी हुने दावी गरेका छन् । 

शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यसअघि आठ सय मतअन्तरले पराजित भए पनि आउँदो निर्वाचनमा आठ हजार मतअन्तरले विजयी हुने विश्वास व्यक्त गरेका हुन् । 

Advertisement

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका मिश्रको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशमान सिंह रहेका छन् । कांग्रेसको महाधिवेशनको अन्तिम समयमा शेरबहादुर देउवालाई समर्थन गर्दै उनलाई पुनः सभापति बनाउन सघाएपछि सिंह निकै अलोकप्रिय र आलोचित हुन पुगेका थिए । 

आजको कार्यक्रमाम मिश्रले आफू मतदाताहरुले सम्झन र गर्व गर्न योग्य सांसद बनेर देखाउने प्रतिबद्धता पनि जनाएका छन् ।

Advertisement

Advertisement