महरा भन्छन्– ओलीले गर्दा देशको राजनीति बिग्रियो

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको गुनासो गरेका छन् । शनिवार माओवादी केन्द्र, नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रममा उनले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि ? भन्दै प्रश्न गरे । 

महराले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि बताए । उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार र केपी ओली दोषी रहेको बताए । महराले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सकरारलाई गाह्रो भइरहेको बताए । 

Advertisement

उनले अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको बताउँदै नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाए । महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिए । 

नेता महराले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताए । उनले प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको तर्क गरे । 

Advertisement

Advertisement