निर्वाचनजन्य कसूर गर्ने रौतहट– १ का उम्मेदवार माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई निर्देशन

Advertisement

काठमाडौं । निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै निर्वाचन आयोगले रौतहट– १ का उम्मेद्वार माधव नेपालाई कारवाही गर्न प्रहरीलाई पत्र पठाएको छ । 

ती उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । मतदातालाई फ्रि भिसा र फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभन दिएको भिडियो भाइरल भएपछि आयोगले नेता नेपाललाई कारवाहीका लागि प्रहरीलाई पत्र काट्न बाध्य भएको हो । 

Advertisement

निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

निर्वाचन कानुनमा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । यस पटक आयोगले ऐन नियम र आचारसंहिता कार्यान्वयनमा कडाई गरेको छ । 

Advertisement

Advertisement