देशमा गणतन्त्रवादी र गणतनत्र विरोधी धार बनेको प्रचण्डको भनाई, गठवन्धनलाई जिताउन आग्रह

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रवार आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए । 

प्रचण्डले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे । देशमा गणतन्त्रवादी र गणतन्त्रविरोधी धार बनेको प्रचण्डले औंल्याए । 

Advertisement

देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताउँदै उनले आगामी निर्वाचन संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने तर्क गरे । प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । 

नेता प्रचण्डले गठबन्धनबिरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैं नबुझ्न आग्रह गरे । उनले भने, ‘मंसिर ४ गतेको निर्वाचन एउटा समान्य निर्वाचन मात्रै हुँदैछैन । किनकी केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका बिरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो ।’ 

उनले काठमाडौं क्षेत्र नम्बर ७ कि गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने दावी गरे । 

Advertisement

Advertisement