‘के तपाईं पटक पटक असफल भइसकेको नेतृत्वलाई फेरि भोट हाल्नुहुन्छ ? देश विकास नगर्ने ?’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग मात्रै हुने दाव िगरेका छन् । आईतवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले राप्रपाको मुख्य प्रतिष्पर्धी एमाले मात्रै भएको बताएका हुन् । 

लिङ्देनले नेपाली काँग्रेस र माओवादी केन्द्र लगायतका पार्टीहरु एक सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने जनताले नै दुःख पाउने बताए । 

Advertisement

नेतालिङदेनले काँग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे । 

लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । उनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । 

नेता लिङदेनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए । उनले भने, ‘जो नेतृत्व पटकपटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पूरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन । अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरु राप्रपाको सक्रियता खोजिरहेका छन् । अहिले काँग्रेस, कम्युनिष्टको झण्डा घरधुरीमा राखेर भए पनि राप्रपालाई भोट दिन मान्छे तयार छन् ।’ 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्ती पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन् । उनले नेपाली काँग्रेसका मतदाताहरुले किसुनजी, गणेशमान सिंह र बिपी कोईरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन् । 

पोखरेलले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताइन् । उनले भनिन, ‘किसुनजी, गणेशमान सिंह र बिपी बाबुको सिद्धान्त मान्नुहुन्छ कि प्रचण्डपथमा जानुहुन्छ ? आगामी निर्वाचनले तय गर्नेछ । राष्ट्रवादी व्यक्ति र पार्टी राप्रपालाई आगामी निर्वाचनमा जिताउनुको विकल्प छैन । काठमाडौंको २ नम्बर क्षेत्र कर्णाली भएको छ ।’

उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गरिन् । 

Advertisement

Advertisement