घेराबन्दीमा परेको बेला बालेन शाहद्धारा हिमानी शाहसँग खिचेको तस्वीर सार्वजनिक

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले युवराज्ञी हिमानी शाहसँग खिचेको तस्वीर सार्वजनिक गरेका छन् । पछिल्लो समय केही आलोचन बढेपछि मौन रहेका उनले आइतबार बेलुकी हिमानी शाहसँगको तस्वीर सार्वजनिक गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । 

केही दिनअघि काठमाडौं महानगरपालिकाको कारण विस्थापित हुन पुगेकी एक महिला फुटपाथ व्यवसायीको रोएको भिडियो भाइरल भएसँगै आलोचित बनेका बालेनले काठमाडौंभित्रका अनधिकृत र अतिक्रमति संरचना हटाउन थालेपछि आम जनताबाट प्रसंशा पाए पनि कतिपयले भने आलोचना गर्दै आएका थिए । 

Advertisement

स्वतन्त्ररुपमा विजयी भएर बढी प्रसंशा पाउन थालेपछि ठूला दलका नेता कार्यकर्ता उनलाई असफल बनाउने र कमजोरी खोजेर आलोचना गर्ने प्रयासमा लाग्दै आएका थिए । पछिल्लो समयमा एकपछि अर्को चुनौति र आलोचना खेप्न बाध्य भएका बालेन शाहले राजपरिवारका सदस्यसँगको तस्वीर सामाविक सञ्जालमा राखेका हुन् । नेपालमा अहिले गणतन्त्र स्थापना गरिए पनि राजसंस्थालाई ठूलो मौन शक्तिको रुपमा हेरिन्छ । 

Advertisement

Advertisement