‘बार्षिक साढे दुई लाख नयाँ रोजगारी सिर्जना गछौं’

फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने लक्ष्यसहित कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच बर्षका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाजी गरिएको घोषणापत्र सो पार्टीका सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् । 

घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे दुई लाख नयाँ रोजगारी सिर्जना गर्ने, सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । 

Advertisement

लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै सो पार्टीले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक सुधार गरी कम्तिमा पनि सात प्रतिशतको आर्थिक वृद्धि गर्ने बताएको छ । 

नयाँ रोजगारी सिर्जनाका लागि सञ्चालनमा रहेका उद्योग, निजी क्षेत्रका छाता संगठन, सीटीईभीटी र स्थानीय सरकारसँगको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने बताउँदै कांग्रेसले घोषणापत्रमा नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार, नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ बनाएको छ ।  

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए । उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए ।

Advertisement

Advertisement