गोर्खाज फाइनान्सले शतप्रतिशत बढायो नाफा, तीन महिनामै कमायो तीन करोड ३३ लाख

Advertisement

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक २०७९/८० को पहिलो त्रैमासमा ३ करोड ३३ लाख १४ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आव भन्दा १०१.०५ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्षको समीक्षा अवधिमा १ करोड ६५ लाख रुपियाँ नाफा कमाएको थियो ।  

Advertisement

कम्पनीको सञ्चालन नाफा ७६.१९ प्रतिशतले बढेर ४ करोड ८५ लाख रुपियाँ पुगेको छ भने खुद ब्याज आम्दानी बढेर ८ करोड ११ लाख रुपियाँ पुगेको छ । 

चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपियाँ छ । जगेडा कोषमा ७२ करोड ७३ लाख रुपियाँ, प्रतिशेयर आम्दानी ७ रुपियाँ ७१ पैसाले बढेर १५ रुपियाँ ३५ पैसा कायम भएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपियाँ ६७ पैसा छ । भने निष्कृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement