पवन महराको मृत्यु चुनावी मुद्दा हुनसक्ने देखेपछि सरकारले भारतीय पक्षलाई पठायो विरोधपत्र

Advertisement

काठमाडौं । भारतीय पक्षको लापरबाहीका कारण मृत्यु भएका बालक पवन महराको विषय विपक्षीहरुले चुनावी मुद्दा बनाउनसक्ने देखेपछि सरकारले भारतीय पक्षलाई बेलैमा पत्र पठाएको छ । 

भारततर्फको निर्माण कार्यमा विष्फोट हुँदा नेपालका ९ वर्षीय बालक पवन महराको मृत्युसम्बन्धी घटनाप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई आइतबार पत्र पठाएको हो । पत्रमा अन्तर्राष्ट्रिय सीमा वारपार हुने निर्माण कार्यमा अपेक्षित अभ्यासमा ध्यान दिन पनि आग्रह गरिएको छ । 

Advertisement

उक्त विष्फोटमा दार्चुलाको व्यास गाउँपालिकाका पवन महराको ज्यान गएको थियो भने सरिना महरा घाइते भएकी थिइन् । परराष्ट्र मन्त्रालयले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन पनि माग गरेको छ । 

भारतीय पक्षको असावधानीका कारण भएको यो घटनालाई ध्यानमा राख्दै आइन्दा पर्याप्त सावधानी र उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । साथै, अन्तर्राष्ट्रिय सीमा वारीपारी हुने निर्माणलगायतका गतिविधिमा स्थानीय अधिकारीमार्फत एकअर्कालाई जानकारी दिनुपर्ने स्थापित अभ्यासलाई भारतीय पक्षले  उपेक्षा गरेको छ । परराष्ट्रले पछिल्लो घटनामा भारतीय पक्षले वेवास्ता गरेकोमा आपत्ति पनि जनाएको छ ।

महाकाली नदी पारी तावाघाट–लिपुलेक सडक चौडा गर्ने कार्यमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले विष्फोटनमा परी ज्यान गुमाएका महराका परिवारलाई १० लाख रुपियाँ (भारु) बुझाए पनि सरकारले यसरी आपत्ति जनाउनुमा नजिकिँदो आम निर्वाचन र भारतको संस्थापन पक्ष अहिलेको नेपालको पश्चिमा लवीको सरकारको विरोधमा भएको कारण हुनसक्ने अडकल पनि गरिएको छ । 
 
गत वर्ष महाकाली नदी तुइनद्वारा पार गर्ने क्रममा रहेकैबेला नेपाली युवा जयसिंह धामी रहेकैबेला भारतीय सीमा सुरक्षा बलका जवानले तार काटेपछि उनी बेपत्ता भएका थिए । यो मामिलामा भारत सरकार मौन छ भने नेपालको सरकारद्वारा गठित छानविन समितिको रिपोर्ट अझै गोप्य राखिएको छ । भारतीय पक्षबाट यस्ता थुप्रै घट्ना हुँदै आए पनि नेपाली पक्षले कडा अडान नराख्दा उसले हेप्ने र बेवास्ता गर्ने काम गर्दै आएको छ । 

Advertisement

Advertisement