......तर मेरो उमेरसमूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन्ः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । 

आईतवार आलोचक खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकर्पण कार्यक्रममा उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताए । संग्रौला आफू सरहका काँग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको थापाले बताए । 

Advertisement

उनले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायबिरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए । थापाले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको बताए । 

उनले भने, ‘खगेन्द्र संग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो काँग्रेस हुने कुरै भएन । तर मेरो उमेरसमूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनु भयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ ।’

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए । 

Advertisement

Advertisement