‘संसदमा जान तयार छौं’ भन्दै रविले सार्वजनिक गरे वाचापत्र, तीन दशक लामो योजनामा के के छन् ?

Advertisement

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न संसदीय निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । 

वाचापत्र सार्वजनिक गर्दै लामिछानेले आफूहरु संसदमा जान तम्तयार भएर बसेको बताए । जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताउँदै उनले आफू देशदौडाहामा निस्किएको बेला जनताले उठाएका समस्याहरुलाई नै आगामी दिनमा सम्बोधन गर्न लाग्ने बताए । 

Advertisement

पिउने पानी, बत्ती, पढ्न पाउने र उपचार पाउने जस्ता सामान्य कुरा माग जनताको रहेको लामिछानेको भनाई थियो । उनले यी कुरा जनताका अधिकार भएको बताए । 

चल्तीमा रहेका दलहरुले देशमा बेथिति अन्त्य गर्न नसकेको बताउँदै लामिछानेले उनीहरुले नसकेका कारण आफूहरु राजनीतिमा आउनुपरेको बताए । उनने २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने दीर्घकालिन योजना सुनाउँदै सो बेलासम्ममा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, सबै नेपालीको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने, आधुनिक सुविधासम्पन्न गाउँहरू हुने, शहरहरू गाउँजस्ता हुने परिकल्पना गरेको छ । 

आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने बताउँदै स्वतन्त्र पार्टीले नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने पनि बताइएको छ । त्यस्तै, खेलकुद क्षेत्रमा पनि नेपालले महत्त्वपूर्ण उपाधि हासिल गरिसक्ने, नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने, कै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा कल्पनासमेत गरिएको छ । 

Advertisement

Advertisement