नेशनल लाइफको साधारणसभा मंसिर १८ मा, १५.७८९ प्रतिशत लाभांश प्रस्ताव पेश हुने

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो मंसिर १८ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्ने तयारी गरेको छ । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गर्ने भएकोले  मंसिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Advertisement

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, वासलात तथा आय व्याय हिसाबमाथि छलफल गर्नेछ ।
 

Advertisement

Advertisement