चुनावको मुखमा निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ

Advertisement

काठमाडौं । चुनावको मुखमा निर्वाचन कार्यालयमा ताला लगाउने बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ परेका छन् । 

निर्वाचन कार्यालयमा तालाबन्दी गरेर निर्वाचन प्रक्रिया प्रभावित पार्ने काम गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

Advertisement

बारा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा राखिएकोमा गुप्ताले सोही कार्यालयमा ताला लगाइदिएका थिए । 

Advertisement

Advertisement