सत्ता गठबन्धन छ, ढुक्क छुः ओनसरी

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको दावी गरेकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो गर्ने क्रममा उनले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको तर्क गरेकी छन् । 

काठमाडौं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी लोकप्रिय उम्मेद्वार कुन्ती पोखरेलले कडा चुनौति दिएको बेलामा ओन्सरीले आफ्नो जित सुनिश्चित रहेको बताएकी हुन् । उनले आफू मतदातामाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताउँदै वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन् । 

Advertisement

नेतृ ओन्सरीले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम मतदाताले उत्साहपूर्वक आफूप्रति रुची देखाएको बताउँदै कार्यकर्ता र आम मतदाताले अग्रिम शुभकामदा दिइसकेको बताइन् । 

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् । 

Advertisement

Advertisement