उपेन्द्र यादव पराजित हुने संकेत, सीके राउत निकै अगाडि, गठवन्धन तेस्रो

Advertisement

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार डा. सीके राउत विजयी हुने लक्षण देखिएको छ । उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार राउतले १२ हजार २२५ मत पाएका छन् भने यादवले छ हजार २० मत पाएका छन् । 

Advertisement

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार जयप्रकाश ठाकुर छन् । उनले दुई हजार ३४४ मत मात्रै पाएका छन् ।

Advertisement

Advertisement