पाल्पा– २ मा गठवन्धनका पाण्डेलाई एमालेका गैरेले पछाडि पारे

Advertisement

काठमाडौं । पाल्पाको क्षेत्र नं २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्ताधारी गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पछाडी पारेका छन् । 

सुरुवाती गणनामा पछाडि रहे पनि गैरेले अग्रता निकै बढाएका छन् । २०५१ सालदेखि सो क्षेत्रबाट लड्दै आएका नेता पाण्डे अहिले पनि उम्मेदवार थिए । 

Advertisement

पछिल्लो मत परिणामअनुसार गैरेले तीन हजार ९४ मत पाएका छन् भने पाण्डेले दुई हजार ४२६ मत पाएका छन् । शालिन स्वभावका गैरे युवामाझ लोकप्रिय छन् । 

Advertisement

Advertisement