टोपबहादुरलाई भेट्न पुष्पालाई मुस्किल पर्ने संकेत

Advertisement

काठमाडौं । अर्घाखाँचीको जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन् । 

उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग दुई हजार ६३ मतले अग्रता कायम गरेका हुन् । रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् । अग्रता हेर्दा रायमाझीलाई भेट्न भुसाललाई कठिन पर्ने देखिएको छ । 

Advertisement

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले एक हजार ६८६ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement