रेशम चौधरीद्धारा गठित नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता विजयी कैलाली– १ बाट विजयी

Advertisement

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट रेशम चौधरीद्धारा गठित नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् । श्रेष्ठ चौधरीकी श्रीमती पनि हुन् । 

Advertisement

उनले ३० हजार ४०४ मत पाउँदा रामजनम चौधरीले १८ हजार आठ मत पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले पाँच हजार ९१० मत ल्याए ।

Advertisement

Advertisement