चितवन– ३ बाट राप्रपाका विक्रम पाण्डे भारी मतान्तरले विजयी

Advertisement

काठमाडौं । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका पाण्डे अहिले भने सहज जित हासिल गर्न सफल भएका हुन् । पाण्डेले ३४ हजार ३६२ मत ल्याएर चुनाव जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए । 

Advertisement

Advertisement

Advertisement