कांग्रेसकी चित्रलेखा यादवलाई हराउँदै सिरहा– २ बाट जसपाका राजकिशोर विजयी

Advertisement

काठमाडौं । सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई हराउँदै विजयी भएका हुन् । 

राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोद यादवले १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए । 

Advertisement

Advertisement

Advertisement