विवादका कारण उदयपुर–१ मा रोक्किएको मतगणना सुचारु गर्न आयोगको निर्देशन

Advertisement

काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को अवरुमतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । विवादका कारण दुई दिनदेखि रोक्किएको मतगणना सुचारु गर्न आयोगले निर्देशन दिएको हो । 

आयोगले मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । प्राप्त पत्रकै आधारमा गणना मतगणनास्थलमा माइकिङ गर्ने र सर्वदलीय बैठक बस्ने काम भइरहेको जनाइएको छ । 

Advertisement

आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको सय वटा मतपत्र भेटिएकोले गणना रोकिएको थियो ।

कुल ६३ हजार ८० मत गणना भइसकेपछि थप गणना गर्न नयाँ मतपेटिका खोल्ने क्रममा उक्त उदयपुर १ (२) प्रदेश सभाको सय वटा मतपत्र भेटिएपछि विवाद भएर मणना रोक्किएको थियो । 

गणना भएको मतअनुसार सत्तारुढ गठवन्धनबाट कांग्रेस उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायण खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने नेकपा एमालेकी मन्जुकुमारी चौधरिले २५ हजार ६५९ मत प्राप्त गरेकी छन् । 

Advertisement

Advertisement