स्याङ्जा– २ मा एमालेकी पद्याको सुरुवाती अग्रता, गठवन्धनका गुरुङ पछ्याउँदै

Advertisement

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले सुरुवाती अग्रता लिएकी छन् । प्रारम्भिक मतगणनामा उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पछि पारेकी हुन् ।

अर्यालले दुई हजार ३०४ मत ल्याउँदा गुरूङले एक हजार ७०३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् । कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै अर्यालले निर्वाचन आयोगमा उजुरी दिएपछि सुरु हुन नसकेको मतगणना १० दिनपछि सुरु भएको हो । 

Advertisement

Advertisement

Advertisement