एमसीसी कम्प्याक्टका हस्ताक्षरकर्ता मन्त्री कार्कीको सकसपूर्ण जित

Advertisement

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित भएको छ । उनी हालका सुचना तथा सञ्चार मन्त्रीसमेत हुन् । 

मतगणनामा झिनो मतान्तर कायम गर्दै आएका कार्कीले ११२ मतले विजयी भएका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनामा नेकपा एमालेका जगदिश कुसियैतलाई हराउन उनी सफल भएका हुन् । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

Advertisement

मन्त्री कार्की बहुचर्चित र बहुविवादित अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)ले दिन सहमति भएको अनुदानसम्वन्धी सम्झौता (एमसीसी कम्प्याक्ट)का एक हस्ताक्षरकर्ता पनि हुन् । मतगणनामा विवाद भएपछि यस क्षेत्रको नजिता आउन ढिलो  भएको हो । 
 

Advertisement

Advertisement