अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने

Advertisement

काठमाडौं । अबदेखी टिमुर र मेन्था खेतीको पनि बीमा गर्न मिल्ने भएको छ । उक्त व्यवस्थाका लागि नेपाल बीमा प्राधिकरणले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । 

विगत लामो समयदेखि विभिन्न जोखिम मोलेर मेन्था तथा टिमुर खेती लगाउने गरेको गुनासो कृषकहरुले गर्दै आएका थिए ।

Advertisement

मेन्था खेती गराईरहका किसानहरुले समेत यस योजनामा समावेश हुँदा दुई लाख रुपियाँसम्मको दुघर्टना बीमा सुविधा पाउने छन् । 

कृषकहरुले सरकारले प्रधान गर्दै आएको ८५ प्रतिशत अनुदान पनि यस खेतीमा पाउने व्यवस्था रहेको छ ।  यसअघि बीमा प्राधिकरणले नेपालकै नौलो बीमालेख भन्दै किभी र ड्राईगन फलको बीमा सुरुवात गरेको थियो । 

Advertisement

Advertisement