मत हालेको प्रमाण फोटो खिचेर ल्याउन देउवाको उर्दी, गगनको आपत्ति

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि बुधबार भएको निर्वाचनमा आफूलाई भोट हालेको प्रमाण लिएर आउन शेरबहादुर देउवाले उर्दी जारी गरेपछि गगन थापाले आपत्ति जनाएका छन् । 

आजको निर्वाचनमा कांग्रेसका सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन देउवा पक्षले लगाइएको भन्दै थापाले असन्तुष्टि जनाएका हुन् ।

Advertisement

बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि त्यसको कार्यान्वयन भएन् । 


निर्वाचन समितिले सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै आफ्नो आग्रह अस्वीकार गरिएको थापाले बताएका छन् । उनले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्वीर खिचेको देखेको पनि बताएका छन् । 

उनले भने, ‘नखिच्नुस् भन्दाभन्दै १०–११ जनाले खिच्नु भयो । कोकोले खिच्नु भयो मलाई सबै थाहा छ । मेरो आग्रह छ, खिचेका साथीहरुले आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दिनुस् ।’ मोवाइलकै विवादले गर्दा मतदान प्रक्रिया समेत ढिलो भएको थियो । 

Advertisement

Advertisement