कांग्रेससँग कुरा नमिलेपछि ‘बालकोट जान्छु’ भनेर हिंडेर प्रचण्ड खुमलटार पुगे, गठवन्धन संकटमा

Advertisement

काठमाडौं । नेपाली कांग्रेससँग कुरा नमिलेपछि ‘बालकोट जान्छु’ भनेर बालुवाटारबाट निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष मोडिएर खुमलटार पुगेका छन् ।  

कांग्रेसका नेताहरुसँग सत्ता भागबण्डामा कुरा नमिलेपछि केपी ओलीलाई भेट्न भन्दै उनी बालुवाटारबाट हिंडेका थिए । तर तर बीचबाट प्रचण्ड आफ्नै घर पुगेको समाचार आएको छ । उनले आफ्ना केही नेतालाई बालुवाटारमै छोडेर घुक्याउने हिसावले निस्किएको अनुमान गरिएको छ । 

Advertisement

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर कांग्रेसका नेता विमलेन्द्र निधि प्रचण्डलाई भेट्न पुगेका थिए । निधिले पहिलो पालो देउवालाई प्रधानमन्त्री दिएर दोस्रो पालो प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अस्वीकार गर्दै आएका प्रचण्ड पहिलो पटक आफू नै प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आएका छन् । 

राष्ट्रपतिमा माओवादीले सिफारिस गरेका व्यक्तिलाई नेपाली सेनाले नमान्ने भएपछि उक्त पदमा उसले माग गर्ने गरेको छैन् । कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूलाई चाहिने पक्षमा छ । गठवन्धनका दलहरुको बलमा कांग्रेस २३ सिटबाट ५७ पुगेको भन्दै प्रचण्डले कांग्रेसको अडान तर्कसंगत नभएको बताउँदै आएका छन् । 

सत्ता भागबण्डामा कुरा नमिल्ने अवस्थासँग गठवन्धन पनि संकटमा परेको छ । राष्ट्रपतिले दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै छ । 

Advertisement

Advertisement