राजीनामा नदिए विशेष महाधिवेशन बोलाइने

कांग्रेसमा सभापति र संसदीय दल दुवैबाट तत्काल राजीनामा दिन देउवासँग माग

Advertisement

काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवासँग सभापति र संसदीय दलको नेता दुवै पदबाट तत्काल राजीनामा दिन माग गरिएको छ । 

कांग्रेसका एक नेता गुरुराज घिमिरेले दुवै पदबाट राजीनामा माग्दै नदिए विशेष महाधिवेशनबाट हटाउने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएनरुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाँडै  बिशेष महाधिवेशन बोलाईनेछ।

Advertisement

पटक पटक असफल र बदनाम भइसकेका देउवा पुनः प्रधानमन्त्री हुने दाउमा रहेका थिए । देउवासहित पटक पटक असफल भइसकेका ठूला दलका पूराना नेतालाई प्रधानमन्त्री बनाउन नहुने ठूलो जनमत रहेको छ । कांग्रेससँगको गठवन्धनमा प्रधानमन्त्री बन्ने अवस्था नबनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न गएर सरकार बनाएका छन् । यस घटनासँगै कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेर गएको छ । 

Advertisement

Advertisement