नयाँ गृहमन्त्री प्राथमिकतामा निर्मला पन्तको लागि न्याय, ‘सरकारभित्रै प्रतिपक्षको भूमिका खेल्छु’

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायलाई प्राथमिकता दिने बताएका छन् । 

सोमबार पदभार ग्रहण गर्ने क्रममा उनले निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने बताएका हुन् । लामिछानेले गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय त्यही विषयमा गरेका छन् । 

Advertisement

आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको जिकिर गरे । 

उनले भने, ‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि ? भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ ।’

यो कुरामा गठवन्धनका नेताहरुलाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको बताउँदै भने, ‘सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी भएका होइनौं ।’

Advertisement

Advertisement