टाई झुण्डाउँदै हिंड्ने प्रचण्डलाई आज दौरा सुरवालमा देख्दा सबै चकित

Advertisement

काठमाडौं । सधै औपचारिक र अनौपचापिरक कार्यक्रममा समेत टाइ झुण्डाउँदै हिंड्ने नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणमा भने नाटकीयरुपमा दौरा सुरुवालमा देखिँदै धेरै आश्चर्यमा परे । 

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा विगतमा जस्तै सर्ट, पाइन्ट, कोट र टाईमा आउने धेरैको अनुमान थियो । तर उनी कालो भादगाउँले टोलीमा प्रस्तुत हुँदा फरक देखिएका थिए । उनमा यसरी एकाएक राष्ट्रिय पोषकतर्फ कसरी मोह र सम्मान पलायो ? धेरैलाई जिज्ञासाको विषय बनेको छ । 

Advertisement

दश बर्षे हिंसात्मक द्धन्द्धपछि राजनीतिको मुल प्रवाहमा आएका प्रचण्ड क्रान्तिकारी नेता देखिन प्रयास गर्दै आए पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा फेरिएर प्रस्तुत भएका छन् ।   

यसअघि दुई पल्ट प्रधानमन्त्री बनिसक्दा पनि दौरा सुरुवाल लगाउन नसकेका प्रचण्डले यस पटक भने हतार हतार सेतो रंगको दौरा सुरुवाल सिलाउन दिएर आज कार्यक्रममा सहभागी भएका थिए । पहिलो पटक लगाएर हुनसक्छ, उनको दौरा सुरवाल लगाई नमिलेको जस्तो देखिन्थ्यो । उनले समारोहमा पटक पटक आफ्नो पहिरन नियाल्ने काम गरिरहेको देखिन्थ्यो ।  

Advertisement

Advertisement