राप्रपाको दबाबपछि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकार तयार

Advertisement

काठमाडौं । सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन तयार भएको छ । 

विदेशीहरुको दबाबमा नेपालमा राजसंस्था विस्थापित गरी गणतन्त्र स्थापना गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय खारेज गरेका थिए । 

Advertisement

कोइरालाको उक्त कदमको जनताले विरोध गर्दै आएका थिए । त्यसको १६ बर्षपछि सरकारलाई समर्थन गरेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको दबाबमा सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन तयार भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपालाई मन्त्रिपरिषदमा सहभागी गराउने क्रममा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन पनि आफू तयार रहेको बताएका थिए । राप्रपाको नेतृत्वमा लोकप्रिय नेता राजेन्द्र लिङदेन आएसँगै उसले गएको संसदीय निर्वाचनमा १४ सिट जित्न सफल भएको थियो । त्यसअघिको संसदमा राप्रपाको एक सिट मात्रै थियो । राप्रपा अहिले सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन गरिरहेको छ । 

Advertisement

Advertisement