महालक्ष्मी लाइफले तुल्सीपुरमा  सम्पन्न गर्यो महिला सशक्तिकरण कार्यक्रम

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले दाङको तुल्सीपुरमा महिला सशक्तिकरणमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि महिला तथा विभिन्न संघ संस्थामा आबद्ध ८० भन्दा बढी महिला समावेश गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ रमेशकुमार भट्टराईले मुलुकको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए । उनले समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।

Advertisement

महालक्ष्मी लाइफका तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले कार्यक्रम संचालन गरेका थिए भने कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले खेल्ने भूमिकाका बारेमा चर्चा गरे । 

त्यस्तै, कम्पनीका बजार प्रबन्धक यमलाल न्यौपानेले स्वागत मन्तव्य दिदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरे । कार्यक्रमका सभापति इन्दु आचार्यले बीमा कम्पनीहरु मध्ये महालक्ष्मी लाईफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गरिन् ।

Advertisement

Advertisement