‘पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्न तयार हुनुथियो भने किन १७ हजार मार्यौ ?’

Advertisement

काठमाडौं । पूर्वमन्त्री दीपक ज्ञवालीले पृथ्वीनारायाण शाहको जन्मोत्सव पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्न तयार हुनुथियो भने किन १७ हजार मानिसको हत्या गर्नुपथ्र्यो भन्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । 

ट्विटरमा प्रतिक्रिया जनाउँदै उनले हिंसात्मक बिद्रोहबाट राजनीतिक मुलधारमा आएको माओवादी केन्द्रका नेताहरुमा आएको आमुल परिवर्तनलाई प्रस्तुत गर्दै दौरा सुरवाल लगाउने, साइत हेरेर घर सर्ने, पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्न तयार हुने कुराले उनीहरुमा ‘क्रान्तिकारी छलाङ’ देखिएको भनी व्यङ्ग्य गरेका छन् । 

Advertisement

सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको दबाबमा प्रधानमन्त्री दाहाल पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्न तयार भएपछि यसलाई धेरैले सकारात्मक र कतिपयले व्याङ्ग्यात्मकरुपमा टिप्पणी गरेका छन् । 

संविधानविद् भीमार्जुन आचार्यको ट्विटमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले भनेका छन्, ‘हो भने राम्रो ! तर ठेगान नभएको देशमा के हो के होइन । दौरा सुरवाल बहिस्कारबाट दौरा सुरवालमा सज्जिने, धर्म अफिम हो भन्नेबाट साइत हेरेर बालुवाटार सर्ने, पृथ्वीनारायणको सालिक भत्काउनेबाट पुस २७ गते एकता दिवस मनाउने, इस्को बोल्ता है क्रान्तिकारी छलाङ र इस्के लिए १७००० मार्नु पर्थ्यो र ?

Advertisement

Advertisement