माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव एमालेले गरेकै छैन्ः जगन्नाथ खतिवडा

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको बताएका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि उनले आफ्नो पार्टी अध्यक्षसँग एमालेले आधिकारीक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए । 

Advertisement

खतिवडाले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पारे । उनले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए । 

नेता खतिवडाले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताए । उनले काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताए । 

Advertisement

Advertisement