सरकार ढाल्न कांग्रेसको ‘काउन्टर अफर’, लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरियो

Advertisement

काठमाडौं । नेकपा एमालले आफ्नो सरकार ढालेपछि रुष्ट बनेको नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको एमाले गठवन्धनको सरकार ढाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको काउन्टर अफर गरेको छ । 

पुस २६ गते दाहालले संसदमा विश्वासको मत लिन लागेका बेला कांग्रेसले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको हो । लिङ्देन राजसंस्था र नेपाल हिन्दुराज्य कायम हुनुपर्ने पक्षमा छन् । कांग्रेसले भने ती मुद्दाहरु छोडेर अहिले गणतन्त्रवादी भएको छ । 

Advertisement

संसदमा बहुमत पुर्याउन दाहालले १३८ मत पाउनुपर्ने हुन्छ । अहिलेको एमाले गठवन्धनमा राप्रपालाई फुटाउन सकिए नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलाई सजिलै आफ्नो पक्षमा पार्न सकिने विश्लेषण कांग्रेसको छ । 

राप्रपाका नेताहरुले देउवा र कांग्रेसका अरु नेताहरुबाट लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै अहिले नै कुनै निर्णय गरिहाल्ने अवस्थामा राप्रपा नरहेको बताएका छन् । दाहाल नेतृत्वको सरकारलाई पार्टीले समर्थन गरिसकेको अवस्थामा न्यूनतम् साझा कार्यक्रमहरुमा कुरा मिल्दासम्म आफूहरु नैतिकरुमपा अर्को पक्षलाई समर्थन गर्नसक्ने अवस्था नआउने उनीहरु बताउँछन् । न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी गरिएको छ । कांग्रेस सकेसम्म दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउन नदिने योजनामा छ ।

दाहालले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण यादवसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

राप्रपाको प्रस्तावमा पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने सरकारले निर्णय गरिसकेको छ । राप्रपा आफ्ना अरु राजनीतिक र आर्थिक मुद्दाहरु लागू गर्न अहिलेको सत्तारुढ गठवन्धनलाई दबाब दिँदै आएको छ । 

Advertisement

Advertisement